विप्लवप्रति जनमोर्चा महासचिवको टिप्पणी : बाघ र बाख्रालाई एकै ठाउँमा राखेर समाजवाद कल्पना गर्नु हास्यास्पद

हिमाल प्रेस २० चैत २०८० १३:०९
220
SHARES
विप्लवप्रति जनमोर्चा महासचिवको टिप्पणी : बाघ र बाख्रालाई एकै ठाउँमा राखेर समाजवाद कल्पना गर्नु हास्यास्पद

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ विचारमा प्रशस्तै अल्मलिरहेको बताएका छन्। उनले विप्लवका विभिन्न
राजनीतिक विषयको उदाहरण दिँदै अलमलमा परेको बताएका हुन्।

भट्टले तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिएको भन्दै भूमिगत राजनीतिमा लाग्नु, फेरि माओवादी सँगै आउनु र अहिले माओवादीसहित कांग्रेस र एमालेसँग नै मिलेर समाजवादमा पुग्नुपर्छ भन्नु हास्यास्पद रहेको बताएका हुन्।

उनले कांग्रेस- एमालेलाई मिलाएर समाजवाद ल्याउन अनुरोध गर्नु बाघ र बाख्रालाई एकैठाउँमा राखेर समाजवाद ल्याउन खोज्नु जस्तै भएको उल्लेख गरेका छन्।

भट्टले विप्लवले शान्तिपूर्ण राजनीतिमा आए पछि जनमत संग्रहको माध्यमबाट वैज्ञानिक समाजवादमा जाने नारा सार्नु र संसदीय व्यवस्थाभित्र वैज्ञानिक समाजवादकालागि जनमत संग्रह भन्नु पूरै हावादारी भएको दाबी गरेका छन्।

प्रकाशित: २० चैत २०८० १३:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =