यस्ताे छ ‘द रेड सुटकेस’को ट्रेलर

हिमाल प्रेस २० चैत २०८० १२:२४
6
SHARES
यस्ताे छ ‘द रेड सुटकेस’को ट्रेलर

काठमाडौँ- फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक भएको छ। चैत ३० मा प्रदर्शन हुने फिल्मको मंगलबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै  ट्रेलर सार्वजनिक गरिएको हो। आप्रवासी नेपाली कामदारको कथामा आधारित दुई मिनेट १४ सेकेन्डको ट्रेलरले फिल्मको रहस्यमयी कथा खोतल्ने प्रयास गरेको छ।

फिडेल देवकोटाको लेखन र निर्देशनमा बनेको फिल्ममा कलाकार प्रवीण खतिवडा, सौगात मल्ल, सृष्टि श्रेष्ठ, विपिन कार्कीलगायत कलाकारको अभिनय छ। फिल्म सुशन प्रजापतिले छायांकन र समन अलभितिगाले सम्पादन गरेका हुन्। यो फिल्म ८० औं भेनिस फिल्म फेस्टिभल र स्वीट्जरल्याण्डको जुरिच सिनेमा महोत्सवमा प्रिमियर गरिएको थियो।

यस्ताे छ ट्रेलर 

प्रकाशित: २० चैत २०८० १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + ten =