नागरिक उन्मुक्तिका केन्द्रीय सदस्यको दाबी : रेशम चौधरीले दिए चारजनालाई हत्या गर्ने चेतावनी

हिमाल प्रेस १९ चैत २०८० १५:२२
64
SHARES
नागरिक उन्मुक्तिका केन्द्रीय सदस्यको दाबी : रेशम चौधरीले दिए चारजनालाई हत्या गर्ने चेतावनी रमेश विश्वकर्मा

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूहरूमाथि ज्यान मार्ने धम्की आएको दाबी गरेका छन्। आज (सोमबार) रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको बताएका हुन्।

‘यदि सुदूरपश्चिममा कमल बहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रम भएकाले मैले यसलाई सामान्य लिएको छैन’ उनले भने।

विश्वकर्मामाथि आज पार्टी केन्द्रीय समितिको बैठकमा भौतिक आक्रमण भएको थियो। आफूलाई केन्द्रीय कार्यालयको सबै ढोकाहरु थुनेर कुटपिट गरिएको उनको दाबी छ। कुटपिटमा संलग्न सबै मानिसहरु नयाँ रहेको उनले बताए।

उनीहरु कसरी र कहाँबाट आए आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ। रेशमले आफूसहित टीकापुर नगरपालिकाका मेयर रामलाल डरौरा थारु, टीकापुर नगरपालिका– ४ का वडाअध्यक्ष लालवीर चौधरी र टीकापुर– ५ का वडाअध्यक्ष बलवीर चौधरीको हत्या हुनसक्छ भनेको भोलिपल्टै पार्टी केन्द्रीय कार्यालयमा आफूमाथि भएको आक्रमणलाई सामान्य रुपमा नलिएको उनले बताए।

‘नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष माननीय रञ्जिता श्रेष्ठले आज विहान ८ बजे मिडिङ बोलाउनु भएको थियो। हामी मिटिङमा सहभागी हुन अनामनगरस्थित पार्टी कार्यालयमा पुग्यो। संस्थापक केन्द्रीय सदस्य भनिएको थियो,’ उनले भने, ‘२१ जनालाई बोलाइएको थियो। महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भनेपछि २१ जनालाई नै यो पार्टी चलाउने आधिकारिकता दिएको छ। यो पार्टीलाई निकास दिनुपर्छ भनेर संस्थापक केन्द्रीय सदस्यको बैठक थियो। माननीय अध्यक्ष आउन ढिला भयो। उहाँ आउनुभन्दा पहिले नै केही अनौपचारिक छलफल हुने क्रममा ढोकामा चुक्कुल लगाइयो। त्यहाँ एउटा कोठाको ढोकाको मात्रै चुक्कुल लागइएको थिएन कि बाहिरिने गेट पनि बन्द गरेर ममाथि भौतिक आक्रमण भयो।’

कसैले कुटपिट गरेको खण्डमा, कहीँ दुर्घटना भएको खण्डमा र जुनसुकै घटना भएमा रेमश चौधरीले यसको जिम्मा लिनुपर्ने उनको भनाइ छ। उनले यस विषयमा वर्तमान गृहमन्त्री रवि लामिछानेको ध्यानाकार्षण गराए। आफूहरुले रेमशलाल चौधरीलाई संरक्षक मानेपनि कानुनले उनलाई पार्टी सदस्य बन्नसमेत रोक लगाएको उनको भनाइ छ। तर, रेशमको भनाइ भने ‘मेरो निर्णय मान्दैनौं भने पार्टीमा बस्न पाइँदैन’ भन्ने रहेको उनले बताए। आफू थारुमाथि भएको अन्यायको विरोधमा लागेको उनले बताए। सरकार टिकाउनकै लागि आफूहरुलाई हत्याको धम्की सह्य नहुने उनको भनाइ छ।

प्रकाशित: १९ चैत २०८० १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =