पौडी खेल्दा डुबेर बालकको मृत्यु

हिमाल प्रेस १८ चैत २०८० १२:३१
14
SHARES
पौडी खेल्दा डुबेर बालकको मृत्यु

तम्घास- गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो।

प्रिन्स शनिबार बेलुकी ५ बजे बडिगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

उनको आज बिहानैदेखि सशस्त्र प्रहरी, गुल्मीका सई खड्गसिंह प्रेमीको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा ११:३० को समयमा शव फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ चैत २०८० १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =