चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन

हिमाल प्रेस १८ चैत २०८० ११:३६
8
SHARES
चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन

काठमाडौँ- नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका छन्। संस्थाको ४९ औं वार्षिक साधारण सभा तथा कार्यसमिति निर्वाचनमा महर्जन १०४ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कुवेर शर्माले ४६ मत पाए।

यस्तै, संघको सदस्यमा करण श्रेष्ठ, गोपालकाजी कायस्थ, गोविन्द शाही, देवेन्द्र खड्गी, प्रज्ज्वल शमशेर राणा, ओमप्रकाश जैशी, आशिष तामाङ, छविराज ओझा, कपिलप्रसाद द्धा, दिप्रश शाक्य, निरज गुप्ता, राजकुमार श्रेष्ठ, सुरेन्द्र थापा निर्वाचित भए।

आइतबार बस्ने नयाँ कार्यसमितिको बैठकले विधानअनुसार उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायतका पदमा मनोनित गर्ने संघले जनाएको छ।

संघको साधारण सभाको उद्घाटन सत्रको चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उद्घाटन गरेका थिए।

प्रकाशित: १८ चैत २०८० ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =