आयरल्यान्ड वुल्भ्सको नेपाल भ्रमण क्रिकेट प्रतियोगिता एक्सन स्पोर्टसमा

हिमाल प्रेस ९ चैत २०८० १७:०३
आयरल्यान्ड वुल्भ्सको नेपाल भ्रमण क्रिकेट प्रतियोगिता एक्सन स्पोर्टसमा

काठमाडौँ- टेस्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) र नेपालबीच हुने क्रिकेट प्रतियोगिताका खेल डिसहोमको एक्सन स्पोर्टस च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

डिसहोम र क्यानको सम्झौताअनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने ८ खेल एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रसारण गर्नेछ। नेपालको राष्ट्रिय टोली गुजरात र बडोदासँग टी–२० त्रिकोणात्मक सिरिजका लागि भारत जानुअघि पाहुना टोली आयरल्यान्ड वुल्भ्ससँग चैत १२ र र १३ गते टी २० क्रिकेट खेल्ने कार्यक्रम छ।

त्यसपछि आयरल्यान्ड वुल्भ्सले नेपाल एविरुद्ध तीन खेलको टी–२० सिरिज र त्यसपछि तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका रहेको छ। त्यसपछि ए टिमसँग टी २० चैत १५ गते, चैत १६ गते र चैत १८ गते गरी तीनवटा म्याच खेल्नेछ। यस्तै तीनवटा एक दिवसीय खेल भने चैत २१, २३ र २५ गते हुनेछन्। प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन्।

प्रकाशित: ९ चैत २०८० १७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =