‘मोदीबेनी’को छायांकन सकियो

हिमाल प्रेस ९ चैत २०८० ९:११
4
SHARES
‘मोदीबेनी’को छायांकन सकियो

काठमाडौँ- फिल्म ‘मोदीबेनी’को छायांकन सकिएको छ। ३१औं दिनमा सकिएको निर्माण टिमले जनाएको छ।

फिल्म दुई चरणमा छायांकन गरिएको थियाे। पहिलो चरण काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डे र पर्वतका मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा भएको थियो। बाँकी पर्वत जिल्लाको फलेवासमा छायांकन गरिएको छ। फिल्म उत्सव दाहालले छायांकन गरेका हुन्।

पर्वतकै मोदीबेनी क्षेत्रको कथामा आधारित फिल्ममा वर्षा शिवाकोटी, प्रवीण खतिवडा, अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेती, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिसको अभिनय छ।

शंकर कोइरालाले निर्देशन गरेका फिल्मको कथा आनन्द बिक्रम क्षेत्रीले लेखेका हुन्। दिलीप केसी निर्माता रहेको फिल्ममा हरि श्रेष्ठ सह–निर्मातामा छन्। डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको छ।

प्रकाशित: ९ चैत २०८० ९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 4 =