हरिवंश जोडिएपछि ‘महाजात्रा’ बन्यो

हिमाल प्रेस ५ चैत २०८० १७:३२
8
SHARES
हरिवंश जोडिएपछि ‘महाजात्रा’ बन्यो

काठमाडौँ- प्रदीप भट्टराई निर्देशित फिल्म जात्राको तेस्रो शृङखला ‘महाजात्रा’ यही चैत ९ गतेदेखि हलमा लाग्दैछ। प्रदर्शन नजिकिँदै गर्दा निर्माण टिमले सोमबार उपत्यकामा पत्रकार भेटघाट कार्यक्रम गरेको छ।

कार्यक्रममा लेखक तथा निर्देशक भट्टराईसहित कलाकार हरिवंश आचार्य, रविन्द्र झा, रविन्द्रसिंह बानियाँ,  दिव्य देवलगायत उपस्थित थिए। वरिष्ठ कलाकार हरिवंश आचार्य यही फिल्मबाट नकारात्मक भूमिकामा देखिदैछन्। उनले हाफुलाई फरक भूमिकामा प्रस्तुत हुँदा र  जात्रा टिममा जोडिने माैका मिलेकाेमा  निकै खुसी भएकाे बताए। उनी आफुले स्क्रिप्टनै नहेरी काम गरेको बताए।

कलाकार रविन्द्रसिंह बानियाँले हरिवंश आचार्य जोडिनुभएकै कारण फिल्म महाजात्रा भएको जिकिर गरे। ‘यो फिल्म प्रदर्शनपछि अब दाईलाई हाँस्यकलाकारमात्र भन्दा अन्याय हुन्छ’ उनी भन्छन् ‘दाईलाई जुनसुकै कार्यक्रममा आदरणीय हाँस्यकलाकार भनेर बोलाउनुहुन्छ। यो फिल्म हेरेपछि त्यसो भन्दा अन्याय हुन्छ।’

फिल्म जात्राबाट मुन्ना ठाकुरको नामले परिचित पात्र हुन् रविन्दै झा। मैथली नाटक, रेडियोका लागि नाटक उत्पादन र फिल्मको स–साना भूमिकामा रमाईरहेका कलाकार झालाई यही फिल्मले परिचित गरायो। यसको तेस्रो शृङ्खला रमाइलोसँगै सन्देशमुलक बनेको उनले बताए। फिल्ममा उनको भूमिकाले मधेशबाट काठमाडौँ आएका व्यक्तिहरुले गरिरहेको सङ्घर्ष बोलेको उनी बताउँछन् ‘यो फिल्ममा सबै वर्गको कथा छ। मेरो भूमिका चाहि मधेसबाट उपत्यकामा आएर गर्नुपरेको संङ्घर्ष छ।’

एउटै भूमिकामा प्रस्तुत भइरहेका कलाकार झाले निर्देशक र निर्माताले अन्य भूमिकामा आफूप्रति रिस्क लिन नचाहेको गुनासो गरे। मैले जात्रा अघि नाटक, मैथली र भोजपुरी फिल्ममा फरक-फरक भूमिका गरेको छु। ‘जात्रा’ हिट भएपछि मलाई मुन्नाकै ट्याग लागेको छ। अन्य निर्माताहरुले पनि यसैलाई निरन्तरता दिन खोज्नु भयो।’ उनले भने।

जात्रा बनाउँदा नै महाजात्रा बन्छ भन्ने योजना नभएको निर्देशक भट्टराईले सुनाए। ‘जीवनमा जस्तो समस्या आइपर्छ त्यस्तै कथामा फिल्म बनाएका हौ।’ उनले भने।

फिल्ममा अन्य कलाकार विपिन कार्की, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय छ। म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको फिल्म पुरुषोत्तम प्रधानको छायांकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशनमा बनेको छ।

प्रकाशित: ५ चैत २०८० १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =