नाचघरमा जापानिज फिल्म फेस्टिभल

हिमाल प्रेस ४ चैत २०८० १२:००
22
SHARES
नाचघरमा जापानिज फिल्म फेस्टिभल

काठमाडौँ- जमलस्थित राष्ट्रिय नाचघरमा दुईदिने जापानिज फिल्म फेस्टिभल-२०२४ सम्पन्न भएको छ। चैत २ र ३ मा चलेको फेस्टिभलमा जापानी फिल्मसहित जापान संस्कृतिसँग सम्बन्धित प्रदर्शन पनि गरिएको छ।

फेस्टिभलकाे पहिलो दिन शुक्रबार केन्जी उचिदा निर्देशित कमेडी फिल्म ‘की अफ लाइफ’ र एक पत्रकारको कथामा आधारित ‘स्कुप हन्टर’ प्रदर्शन भयो। शनिबार यासुकी साकाकीबारा निर्देशित फिल्म ‘सियोरी’, ताकेसी वातानावे निर्देशित फिल्म ‘नेको निन्जा’ र ‘कामोमी डिनर’ गरी तीन फिल्म प्रदर्शन गरियो।

चैत २ अर्थात मार्च १६ तारिखमा जापान डे पनि भएकोले फेस्टिभलमा जापान संस्कृतिसँग सम्बन्धित प्रदर्शनसमेत आयोजना गरिएको थियो। पेपरबाट बनाउने विभिन्न सामग्रीहरुलाई जापानी भाषामा ओरिगामी भनिन्छ। ओरिगामी खेल अन्तर्गत काबुतो, टोटोरो, फ्रग, सिन्कासेन, मोन्स्टर बल, पिकाचु, बलुन, सुमोलगायत राखिएको थियो।

त्यस्तै फेस्टिभलमा सहभागीहरुलाई केन्नामा, कोमा, सुमोलगायत जापानिज खेल खेल्ने र जापानी भाषा लेख्ने अवसर पनि थियो। जापानी पहिरन महिलालाई युकाता र पुरुषलाई हप्पी कोट लगाउने पनि। यो गर्मीको समयमा जापानीहरुले प्रयोग गर्ने कपडा हो।

फोटो सेसनको लागि पछि छुट्टै व्यवस्था गरिएको थियो। त्यस्तै पेपरबाट ओरिगामी बनाउन पनि सिकाइएको थियो। जसमा काबुतो, टोटोरो, फ्रग, सिन्कासेन, मोन्स्टर बल, पिकाचु, बलुन, सुमोलगायत थिए। त्यस्तै जापानिज गेममा केन्नामा, कोमा, सुमोको खेलौनाहरु राखिएकाे थियो।

यसअघि पोखरामा मार्च ९ र १० तारिखमा सम्पन्न फस्टिभलमा पाँच जापानिज फिल्म प्रदर्शन गरिएको थियो। अब पानीपोखरीस्थित दूतावासको हलमा मार्च २० र २१ मा फेस्टिभलको आयोजना गरिएको छ।

फेस्टिभलले नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउन भूमिका खेलेको दूतावासको सांस्कृतिक विभागकी सचिव सातो मायाकुले बताइन्। जाल्टान र लानसँगको सहकार्यमा जापान फाउण्डेसन र जापानी दूतावासले आयोजना गरेको हो।

प्रकाशित: ४ चैत २०८० १२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =