खेलकुद मन्त्रालयको निर्देशन : दशरथ रंगशालामा खेलबाहेक अन्य कार्यक्रम गर्न नदिनू

हिमाल प्रेस २ चैत २०८० १८:४१
10
SHARES
खेलकुद मन्त्रालयको निर्देशन : दशरथ रंगशालामा खेलबाहेक अन्य कार्यक्रम गर्न नदिनू

काठमाडौँ- युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलबाहेकका गतिविधि गर्न नदिन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ। मन्त्रालयले परिषद्लाई दशरथ रंगशालाको मर्मत नहुँदासम्म र रंगशाला सञ्चालनसम्बन्धी मापदण्डसहितको कार्यविधि जारी नहुँदासम्म खेलबाहेक अन्य गतिविधि स्थगित गर्न निर्देशन दिइएको हो।

मन्त्रालयले नेपालमा हुने तय भएको नेपाल र बहराइनबीचको खेल गुणस्तरीय मैदानको अभावमा हुन नसकेको विषयमा दु:ख व्यक्त गरेको छ। फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीच हुने भनिएका दुवै खेल दशरथ रंगशालाको नाजुक स्थितिको कारण नेपालमा हुन सकेनन्।

‘मैदानको नाजुक अवस्थाकै बीच मर्मतसम्भार बिना नै निरन्तर खेलकुदलगायत अन्य गतिविधिहरू भइरहेकोतर्फ यस मन्त्रालयको ध्यानाकर्षण भएको छ। घरेलु मैदानमा खेल्ने खेलाडीको चाहना र राष्ट्रिय टिमलाई घरेलु मैदानमै समर्थन गर्ने नेपाली खेलप्रेमी दर्शकको चाहना हुँदाहुँदै पनि नेपालले आफ्नो घरेलु खेलसमेत बाहिरै खेल्नुपर्ने अवस्था आउनु दुःखद छ,’ मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनेको छ।

प्रकाशित: २ चैत २०८० १८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =