पीएनजीले नेपाललाई दियो १७२ रनको लक्ष्य

हिमाल प्रेस ३० फागुन २०८० १३:३९
4
SHARES
पीएनजीले नेपाललाई दियो १७२ रनको लक्ष्य

काठमाडौँ- त्रिदेशीय टी-२० शृंखलाको फाइनल खेलमा पपुवा न्युगिनी(पीएनजी)ले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ। टस हारेर सुरुवाती ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको हो।

पीएनजीका लागि टोनी उराले ६१ रन प्रहार गरे। सेसे वाउ शून्य रनमा बाहिरिँदा असाद भालाले ५ रन बनाए। लेगा साइकाले २ र हिरीहिरीले १५ रन प्रहार गरे। यस्तै हिला वारे १८ र चाड सोपरले १३ रन किप्लिन डोरिगाले १४ र अलेई नाओले ३० रन हाने।

नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले ३-३ विकेट लिए। गुल्सन झा र करण केसी १-१ विकेट लिए। अबकाे केहीबेरमा दोस्रो इनिङ्स सुरु हुँदैछ। आज जितेको खण्डमा नेपालले उपाधि चुम्नेछ। हङकङमा जारी यो शृंखला नेपाल, पीएनजी र हङकङ छन्।

प्रकाशित: ३० फागुन २०८० १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =