पीएनजीलाई नेपालको १९९ रनको लक्ष्य

हिमाल प्रेस २९ फागुन २०८० ८:२७
10
SHARES
पीएनजीलाई नेपालको १९९ रनको लक्ष्य

काठमाडौँ- त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अन्तर्गत नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई १९९ रनको लक्ष्य दिएको छ।

हङकङ भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार आफ्नो दोस्रो खेलमा कुशल भुर्तेल र सन्दीप जोरा दुवैको अर्धशतकका बाबजुत १९८ रनको लक्ष्य प्रदान गरेको हो।

टस हारेर सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको हो।

नेपालका कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाए । सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाए ।

टी-२० आईमा कुशल भुर्तेलको आठौं र सन्दीप जोराको दोस्रो अर्धशतक हो ।

नेपाललाई ओपनर विनोद र कुशल भुर्तेलले ७.३ ओभरमा ६४ रनको सुरुवात दिलाएका थिए। विनोद भण्डारी २२ बलमा २ चौका र १ छक्कासहित २७, रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए।

लोकेश बम ६ बलमा २ छक्कासहित १४ रनमा रन आउट भए। विवेक यादव ४ बलमा ३ छक्कासहित १९ रनमा नट आउट रहे। गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे।

पपुवा न्युगिनीका असाद भालाले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १९१ विकेट लिए । फाइनलमा पुग्न नेपालले यो खेल जित्नुपर्ने हुन्छ।

प्रकाशित: २९ फागुन २०८० ८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 11 =