पीएनजीविरुद्ध अर्धशतक बनाएर बाहिरिए ओपनर कुशल भुर्तेल

हिमाल प्रेस २९ फागुन २०८० ७:५६
18
SHARES
पीएनजीविरुद्ध अर्धशतक बनाएर बाहिरिए ओपनर कुशल भुर्तेल

काठमाडौँ- हङकङमा जारी त्रिदेशीय टी–२० आई शृंखलाअन्तर्गत पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेर आउट भएका छन्। उनले ३२ बलमा चार चौका र तीन छक्कासहित अर्धशतक पूरा गरेका हुन्।

उनी ३९ बलमा ५९ रन बनाएर आउट भएका हुन्।

टी–२० आईमा उनको यो आठौँ अर्धशतक हो ।

पीएनजीविरुद्ध नेपालले चार विकेट गुमाइसकेको छ। त्यसअघि विनोद भण्डारी २७ रनको पारी खेलेर आउट भएका थिए ।

कप्तान रोहित पौडेल एक रन बनाएर आउट भए। आरिफ सेख ४ रन बनाएर बाहिरिए। अहिले सन्दीप जोरा र गुल्सन झाले क्रिज समालिरहेका छन्।

झा ३ रन र जोरा ४८ रन बनाएर खेलिरहेका छन्।

 

प्रकाशित: २९ फागुन २०८० ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =