कौशीमा ‘उबुर उबुर टिक्की’

हिमाल प्रेस २८ फागुन २०८० १६:१५
82
SHARES
कौशीमा ‘उबुर उबुर टिक्की’

काठमाडौँ- टेकुस्थित कौशी थिएटर (कथा घेरा)मा चैत २ देखि फिजिकल नाटक ‘उबुर उबुर टिक्की’ मञ्चन हुने भएको छ। नाटकका निर्देशक सुदाम सिके हुन्।

फिजिकल नाटकमा शरिरले व्यक्त गर्ने भावलाई प्रस्तुत गरिने निर्देशक सिकेले बताए। ‘बोल्नको लागि शब्दकै जरुरी हुन्न। शरिरको हाउभाउबाट नै कतिपय कुराहरु व्यक्त भइरहेको हुन्छ।’ निर्देशक सिकेले भने। नाटकमा कलाकारकै व्यक्तिगत भोगाई प्रस्तुत गरिएको उनले जानकारी दिए।

नाटकमा निर्देशक सुधामसहित कलाकार आकाश नेपाली, बिनिता गुरुङ, निष्ठा त्रिपाठी र सरिता कठायतकाे अभिनय रहनेछ। नरेश गजुरेलले म्युजिकको निर्देशन गर्नेछन्।

नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन सवा ५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे र  शुक्रबार बेलुका ७ बजेको दुई सो हुने थिएटरले जनाएको छ। नाटक चैत १८ गतेसम्म मञ्चन हुनेछ।

नाटक यही फागुन २४ गते बंगलादेशमा भएको साउथ एसियन फेस्टिभलमा मञ्चन गरिएको थियो। यो निर्देशकको चौथो नाटक हो। सिकेले यसअघि ‘पाँच’, ‘ऐया! माया’ र ‘लाइक लेट्स अभिनय गरौँ’  नाटकको निर्देशन गरिसकेका छन्।

प्रकाशित: २८ फागुन २०८० १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + two =