‘वर्ष निर्देशक’ बने रामबाबु गुरुङ र सुजित बिडारी

हिमाल प्रेस २८ फागुन २०८० ८:१०
18
SHARES
‘वर्ष निर्देशक’ बने रामबाबु गुरुङ र सुजित बिडारी

काठमाडौँ- रामबाबु गुरुङ र सुजित बिडारी नेपाली फिल्मका ‘वर्ष निर्देशक’ घोषित भएका छन्।

चलचित्र निर्देशक समाजको १६ औं वार्षिक साधारणसभामा दुई निर्देशकलाई वर्ष निर्देशक घोषणा गरिएको हो।

गुरुङले ‘कबड्डी ४’बिडारीले ‘ऐना झ्यालको पुतली’ निर्देशन गरेका थिए।

‘कबड्डी ४’ गत वर्षकै सबैभन्दा बढी कमाउने फिल्म हो भने ‘ऐना झ्यालको पुतली’समीक्षात्मक रूपमा अब्बल फिल्म हो।

‘ऐना झ्यालको पुतली’ ओस्कार अर्वाडका लागि नेपालबाट छनोट भएको फिल्म हो। अभिनेता राजेश हमालले पुरस्कार प्रदान गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + ten =