कामना सेवाद्वारा २०८१ को क्यालेन्डर सार्वजनिक

हिमाल प्रेस २५ फागुन २०८० १७:५२
कामना सेवाद्वारा २०८१ को क्यालेन्डर सार्वजनिक

काठमाडौँ- कामना सेवा विकास बैंकले २०८१ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले विभिन्न ताललाई समावेश गर्दै २०८१ को क्यालेन्डर तयार गरेको छ।

बैंकको क्यालेन्डरमा राखिएका तालहरुको उचाइ, तालसम्म पुग्ने मार्ग तथा विस्तृत विवरण प्राप्त गर्न क्यालेन्डरमा नै क्युआर कोडको व्यवस्था गरिएको बैंकले जनाएको छ।

नेपाल पञचांग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्ययमबाट प्राप्त गर्नको लागि क्युआर कोडसमेत सार्वजनिक गरिएको छ। उक्त क्युआर कोड बैंकको सामाजिक संजालहरु तथा वेबसाइटमार्फत सार्वजनिक गरिएको बैंकले जनाएको छ।

प्रकाशित: २५ फागुन २०८० १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =