प्रहरीलाई प्रहरी कल्याणकारी कोषबाटै अन्याय भएको भन्दै गराइयो आईजीपीको ध्यानाकर्षण

हिमाल प्रेस २३ फागुन २०८० १८:३७
1.7k
SHARES
प्रहरीलाई प्रहरी कल्याणकारी कोषबाटै अन्याय भएको भन्दै गराइयो आईजीपीको ध्यानाकर्षण

काठमाडौँ– नेपाल प्रहरीको प्रहरी कल्याणकारी कोषबाटै अन्याय भएको भन्दै आईजीपी बसन्तबहादुर कुँवरको ध्यानाकर्षण गराइएको छ।

नेपाल पूर्वप्रहरी संगठनले प्रहरी कल्याणकारी कोषले पूर्व प्रहरीहरूको कल्याणका लागि एकदमै कम रकम दिने गरेको भन्दै असन्तुष्टि जनाउँदै आईजीपीको ध्यानाकर्षण गराएको हो।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पूर्वप्रहरी संगठनले प्रहरी कल्याण कोषमा पूर्व प्रहरीहरूको ६० प्रतिशतभन्दा बढी योगदान हुँदाहुदै पनि पूर्व प्रहरीहरूको कल्याणमा न्यून रकम मात्र छुट्याई ठुलो रकम हिनामिना भइरहेको बताएको हो।

‘मूल धनसमेत मासेर कमिसनका लागि ट्याङ्क, जमिन, उपकरण आदि किन्ने र पेट्रोल पम्पहरू लगाई कोषको दुरुपयोग गर्ने काम भएको छ भन्ने बाहिर चर्चा रहेको छ जसको एक उदाहरण पूर्व प्र.म.नि. तथा कोषका संरक्षक ओमविक्रम राणालाई अदालतबाटै कल्याण कोषको दुरुपयोग बापत जेल सजाय भएबाटै पनि प्रमाणित भएको छ,’ पूर्वप्रहरी संगठनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रहरी कल्याण कोषबाट मूल धन नमासी सो कोषको व्याजबाट मात्रै कल्याणका कामहरू गर्नुपर्नेमा मूल धनबाटै जथाभाबी र बदनियतपूर्वक लगानी हुन थालेको पूर्व प्रहरी संगठनको निष्कर्ष छ ।

नेपाल प्रहरीको कल्याणकारी कोषले पूर्व प्रहरीहरूका लागि थोरै रकम छुट्याउँदा स्वास्थ्य सेवामा असर परेको बताइएको छ।

प्रकाशित: २३ फागुन २०८० १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =