छायांकनमा ‘बेहुली फ्रम मेघौली’

हिमाल प्रेस २३ फागुन २०८० १६:०१
6
SHARES
छायांकनमा ‘बेहुली फ्रम मेघौली’

काठमाडौँ- फिल्म ‘बेहुली फ्रम मेघौली’ को छायांकन सुरु गरिएको छ। चितवनस्थित मेघौली गाउँको एक मन्दिरमा बुधबार शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो। फिल्मको सम्पूर्ण छायांकन यही गाउँमा गरिने निर्माण टिमले जनाएको छ।

फिल्म साजन काफ्ले र आकाश बरालको  निर्देशनमा बन्ने फिल्ममा स्वस्तिमा खड्का, निश्चल बस्नेत, विजय बराल, सिम्रन खड्का, आमिर गौतमलगायत कलाकारको रहनेछ।

फिल्मको कथा निर्देशकद्वय साजन र आकाशले नै लेखेका छन्। उनीहरु यही फिल्मबाट निर्देशनमा डेव्यू गरेका हुन्। फिल्ममा स्वस्तिमा खड्का र निश्चल बस्नेतको लगानीमा बन्नेछ।

ब्याक हर्स पिक्चर्स र मघौली फिल्म्स्को ब्यानरमा निर्माण हुने फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन्। फिल्म आगामी वर्ष २०८१ को दशैंमा प्रदर्शन गर्ने तयारी छ।

प्रकाशित: २३ फागुन २०८० १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =