सेयर बजारमा सर्किट, कारोबार रोकियो

हिमाल प्रेस २१ फागुन २०८० ११:४०
12
SHARES
सेयर बजारमा सर्किट, कारोबार रोकियो

काठमाडौँ- राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ।

आज बजार खुलेको केही समयमै नेप्से परिसूचक ७९ दशमलव २९ अंक अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अंकमा पुगेपछि नेप्से ‘हल्ट’ भएको छ।

कारोबार सुरु भएको एक घण्टाभित्र चार प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको छ। कारोबार सुरु हुने वित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशुली जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

प्रकाशित: २१ फागुन २०८० ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =