विवादास्पद तीन मन्त्रीका विषयमा जवाफ दिँदै प्रधानमन्त्री

हिमाल प्रेस २१ फागुन २०८० ७:१४
22
SHARES
विवादास्पद तीन मन्त्रीका विषयमा जवाफ दिँदै प्रधानमन्त्री

काठमाडौँ- प्रतिनिधिसभाको आज (सोमबार)को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दैछन्।

प्रधानमन्त्री कार्यालयका तर्फबाट सचिव गणेशप्रसाद पाण्डेयले संघीय संसद् सचिवालयलाई पत्र पठाएर प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्ने जानकारी दिएका छन्। तीन मन्त्रीका विषयमा प्रतिपक्षी दलले जवाफ मागिरहेका छन्। स्वास्थ्यमन्त्री मोहन बस्नेत, संस्कृतिमन्त्री सुदन किराती र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका विषयमा प्रधानमन्त्रीले जवाफ दिँदैछन्।

प्रतिपक्षी दलहरूले बालकुमारी घटना, मिटरब्याजपीडित, दुग्ध किसान लगायतको विषयमा सरकारको जवाफ मागेर सदनमा अवरोध गरिरहेका छन् ।

सभामुख देवराज घिमिरेले सरकारको नाममा पटकपटक रुलिङ गरेका छन्। सभामुखको रुलिङपछि प्रधानमन्त्री प्रचण्डले आज सांसदले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन्।

प्रकाशित: २१ फागुन २०८० ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 14 =