डब्ल्यूटीओको सदस्यका लागि सरल र अनुकूल नीति बनाउनुपर्छ : मन्त्री रिजाल

हिमाल प्रेस २० फागुन २०८० १९:०६
16
SHARES
डब्ल्यूटीओको सदस्यका लागि सरल र अनुकूल नीति बनाउनुपर्छ : मन्त्री रिजाल

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विश्व व्यापार स‌ंगठन डब्ल्यूटीओमा आबद्ध सदस्य राष्ट्रहरूले सामना गर्नु परेका चुनौतीहरूबारे ध्यानाकर्षण गराएका छन्। आइतबार डब्लुटीओको १२औँ चाइना राउन्ड टेबल उच्च स्तरीय सत्रलाई सम्बोधन गर्दै मन्त्री रिजालले सदस्य राष्ट्रहरूले सामना गर्नुपरेका चुनौतीहरूबारे ध्यानाकर्षण गराएका हुन्।

मन्त्री रिजालले यसमा आबद्ध सदस्यको क्षमता अभिवृद्धिका लागि प्राविधिक र क्षमता विकास सहयोग जारी राख्न समेत आग्रह गरे। त्यसै गरी डब्ल्यूटीओको महत्त्वाकांक्षी सदस्यको लागि सरल र अनुकूल नीति बनाउनु पर्नेमा जोड दिँदै मन्त्री रिजालले विश्व व्यापार संगठनका नयाँ सदस्यहरू कोमोरोस र टिमोर लेस्टेलाई बधाई समेत दिए।

आइतबार नै मन्त्री रिजालले भूपरिवेष्टित विकासशील देशहरूको बैठकलाई पनि सम्बोधन गरे। भूपरिवेष्टित देशहरूका लागि भौगोलिक विचलन हटाउन र पारवहन लागत घटाउन विश्व व्यापार संगठनमा आबद्ध सदस्य राष्ट्रहरूले थप सहयोग गर्न मन्त्री रिजालले आग्रह गरे।

मल्टी-मोडल यातायात पूर्वाधारको माध्यमबाट समुद्री मार्ग प्रयोगका लागि आवश्यक समन्वय गर्नु पर्नेमा मन्त्री रिजालले जोड दिए। मन्त्री रिजाल विश्व व्यापार संगठनको १३ औँ मन्त्रिस्तरीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सनिबार अबुधाबी पुगेका थिए।

मन्त्री रिजाललाई अबुधाबीको जायेद अन्तर्राष्ट्रिय विमानस्थलमा युएईका लागि नेपाली राजदूतले स्वागत गरेका थिए।

प्रकाशित: २० फागुन २०८० १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =