एकीकृत समाजवादीले थाल्यो महाधिवेशनका लागि दस्तावेज लेख्‍ने काम

हिमाल प्रेस २० फागुन २०८० ११:४५
8
SHARES
एकीकृत समाजवादीले थाल्यो महाधिवेशनका लागि दस्तावेज लेख्‍ने काम

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले आगामी जेठमा हुने पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्न दस्तावेज लेखन थालनी गरेको छ।

समाजवादी कार्यक्रमको संरचनासहितको राजनीतिक तथा सांगठनिक प्रतिवेदन यही फागुन मसान्तभित्र सम्पन्न गर्ने गरी दस्तावेज लेखन सुरु भएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिक प्रतिवेदनको जिम्मेवारी तोकिएको छ भने सम्मानित नेता झलनाथ खनाललाई समाजवादी कार्यक्रम, उपाध्यक्ष डा. बेदुराम भुसाललाई पार्टी विधान र महासचिव घनश्याम भुसाललाई संगठनात्मक प्रस्ताव संयोजनका लागि कार्यविभाजन गरिएको छ।

दस्तावेज लेखनका लागि आवश्यकतानुसार सम्बन्धित नेताको समेत सहयोग लिन सक्ने व्यवस्था गरिएको छ।

सबै दस्ताबेजका मस्यौदामाथि छलफल गर्न यही फागुन २७ गते बैठक राखिएको छ।

प्रकाशित: २० फागुन २०८० ११:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =