आजको राशिफल

हिमाल प्रेस १९ फागुन २०८० ५:१९
1.1k
SHARES
आजको राशिफल

आज मिति २०८० फागुन १९ शनिबार, फागुन कृष्ण पक्ष षष्ठी तिथि, तदनुसार २०२४ मार्च २ को तपाईको राशिफल

मेष : टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । साथीभाइसँग मन प्रसन्न रहनेछ ।

वृष : व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ। दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।

मिथुन :स्वास्थ्यमा सुधार आउनेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइ लेखाइमा प्रगति हुनेछ।

कर्कट : रोकिएका अधुरा कामहरु चालु हुनेछन्। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। लामो समयपछि साथीभाइसँग भेट हुँदा मन प्रशन्न रहनेछ।

सिंह : समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ। स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। रमाइलोमा समय बित्नेछ।

कन्या : सुखदु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तको सहयोगले महत्वपूर्ण कामहरू सफल हुनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

तुला : सोचेको आटेको काम बन्नेछन्। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा बदलिने छ।

वृश्चिक : सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यपार व्यवसायबाट लाभ मिल्नेछ ।

धनु : नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ ।

मकर : परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ ।

कुम्भ : सहयोगीहरूले काममा साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ।

मीन : साथीभाइसँग भेट हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

प्रकाशित: १९ फागुन २०८० ५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =