नाचघरमा राष्ट्रिय बाल नाटक मेला

हिमाल प्रेस १८ फागुन २०८० १२:२८
8
SHARES
नाचघरमा राष्ट्रिय बाल नाटक मेला

काठमाडौँ- दाेस्राे राष्ट्रिय बाल नाटक मेला-२०८० शुक्रबार देखि सुरु हुने भएको छ। जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा हुने उक्त मेला फागुन २५ गतेसम्म सञ्चालन हुने छ।

मेला बालबालिकामा भएकाे अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा विकास गराउने उद्देश्यले नाट्यकर्मी महासंघ नेपालले आयोजना गरेको हो।

विद्यालयस्तरका बालबालिकाले उपलब्ध गराएका देशभरबाट प्राप्त नाटकमध्ये उत्कृष्ट ११ नाटक फाइनलका लागि छनोट गरेको नाट्यकर्मी महासंघ केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले जानकारी दिए।

‘हामीले देशभर विद्यालयमा खुला आह्वान गरी नाटक माग गरेका थियौँ। उपलब्ध नाटकमध्ये उत्कृष्ट ११ नाटक फाइनलका लागि छनोट गरेका छौँ’, उनले भने। प्राप्त नाटकको स्क्रिप्टको आधारमा अन्तिम प्रदर्शनका लागि छनोट गरिएको अध्यक्ष रिमालले बताए। ‘निर्धारित मितिमा सम्बन्धित विद्यालयबाट मञ्चन गरिने नाटकको स्क्रिप्ट उपलब्ध गराइएको आधारमा अन्तिम प्रदर्शनका लागि छनोट गरिएको हो।’

मेलामा मञ्चन गरिने उत्कृष्ट नाटकलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ। प्रतियोगितामा ११ वटा शीर्षकमा उत्कृष्ट प्रतियोगीलाई सामुहिक, व्यक्तिगत र प्रविधिकतर्फबाट छनाेट गरी  नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ। साथै अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिताका लागि अवसर प्रदान गरिने आयाेजककाे तयारी छ।

नाटक मञ्चनको निर्णायकहरुमा निर्देशक राजेन्द्र शलभ, चर्चित टेलिशृंखला ‘अबिरल बग्दछ इन्द्रावती’का निर्देशक बद्री अधिकारी, अभिनेत्री सरिता गिरी छन्।

छनोट भएका कक्षा ८ देखिमाथिका विद्यार्थीले गर्ने नाटकको समयावधि बढीमा ३० देखि ३५ मिनेटको रहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =