हलमा ‘अगस्त्य’सहित तीन विदेशी फिल्म

हिमाल प्रेस १८ फागुन २०८० ११:३३
16
SHARES
हलमा ‘अगस्त्य’सहित तीन विदेशी फिल्म

काठमाडौँ- नेपालका हलहरुमा शुक्रबार बिहानदेखि नयाँ चार फिल्म प्रदर्शन भइरहेकाे छ। नेपाली फिल्म ‘द अनब्रेकेबल अगस्त्यः च्याप्टर १’ , बलिउड ‘लापता लेडिज’, ‘अप्रेसन भ्यालेन्टाइन’ र हलिउड फिल्म ‘ड्युन २’।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘अगस्त्य’ बिहिबार ललितपुरस्थित लविम मलमा प्रिमियर गरिएको थियो। २ घन्टा ५० मिनेटको फिल्म हेरेर अधिकांशले कलाकारको अभिनय, फिल्मको कथा भन्ने शैली, बनोट र एक्सन पक्षको प्रशंसा गरे। फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झालगायतका कलाकारको अभिनय छ।

नेपाली मल्टिप्लेक्सहरूमा ‘अगस्त्य’ले उत्साहजनक शो पाएको छ। क्यूएफएक्स सिनेमाजले  काठमाडौँ उपत्यकामा १५ र बाहिर २९ सो गरी ४४ सो दिएको छ। यस्तै आईएनआई सिनेमाज, बिएसआर मुभिज, वान सिनेमाज, बिग मुभिज, एफक्यूबलगायत देशैभरका हलमा ‘अगस्त्य’ चलिरहेको छ।

नेपालको हिमाली भेगकोसमेत छायांकन गरिएको दक्षिण भारतीय फिल्म ‘अप्रेसन भ्यालेन्टाइन’ थ्रिलर, एक्सन र ड्रामा जनरामा बनेको छ। नेपालका लाङटाङ उपत्यका, सिन्धुपाल्चोकको जुगल हिमाल क्षेत्रमा फिल्ममा रहेको बताइएको छ।

भारतको पुलावामा र बालाकोट एयर स्ट्राइकमा आधारित फिल्ममा वरुण तेज, मानुषी छिल्लर, रुहानी शर्मालगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक शक्ति प्रताप सिंह हाडा हुन्।

डेनिस भिलेनुभ निर्देशित हलिउड फिल्म ‘ड्युन २’ साइन्स फिक्सन जनरामा बनेको छ। फिल्म फ्यांक हबर्टको पुस्तकमा आधारित छ। एक्सन एडभेन्चर र ड्रामा जनरामा बनेको फिल्ममा फ्लोरेन्स पग, टिमोथी चालमेट, रेबेका फर्ग्युसनलगायत कलाकारको अभिनय छ।

बलिउड फिल्म ‘लापता लेडिज’ का निर्देशक किरण राव हुन्। कमेडी र ड्रामा जनरामा बनेको फिल्ममा अमिर खानको लगानी छ।  फिल्ममा अतिशय जैन अखिल, शिवम घवारिया, नितान्शी गोयललगायत कलाकारको अभिनय छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =