दिपेश पुनलाई हिरासतमा राख्न अदालतले दियो ८ दिनको म्याद

हिमाल प्रेस ४ चैत २०८० १८:२३ | Sunday, March 17, 2024
दिपेश पुनलाई हिरासतमा राख्न अदालतले दियो ८ दिनको म्याद दिपेश पुन

काठमाडौँ- पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ८ दिनको म्याद दिएको छ। सहकारी ठगीमा पक्राउ परेका पुनलाई अनुसन्धानका लागि रुपन्देही जिल्ला अदालतले हिरासतमा राख्ने अनुमति दिएको हो।

शुक्रबार काठमाडौँमा पक्राउ परेका पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतमा उपस्थित गराएको थियो। बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका पुनलाई शुक्रबार नै प्रहरीले बुटवल पुर्‍याएको थियो।

सहकारी ठगी प्रकरणका अनुसन्धान गर्दा पुनलाई नियन्त्रणमा लिनुपर्ने देखिएको भन्दै पक्राउ गर्न रुपन्देही प्रहरीले काठमाडौँ प्रहरीलाई पत्राचार गरेको थियो। प्रहरीले पुनसँगको प्रारम्भिक बयानका आधारमा उक्त सहकारीका केही पदाधिकारीलाई पनि पक्राउ गरेको जनाएको छ।

सुन तस्करी प्रकरण : दिपेश पुन पक्राउ

*दिपेश पुनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ८ दिनको म्याद दिएको भन्ने हुनुपर्नेमा ६ दिनको म्याद दिएको हुन गएकोमा सच्चाइएको व्यहोरा अनुरोध छ । -सम्पादक

प्रकाशित: ४ चैत २०८० १८:२३ | Sunday, March 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast