‘अगस्त्य’को टिकट बुकिङ खुल्ला

हिमाल प्रेस १६ फागुन २०८० १५:२४
6
SHARES
‘अगस्त्य’को टिकट बुकिङ खुल्ला

काठमाडौँ– फिल्म ‘अगस्त्यः च्याप्टर १’को अग्रीम टिकट बुकिङ खुल्लाइएको छ।शुक्रबारबाट प्रदर्शन हुने फिल्मकाे तीन दिनअघिनै बुकिङ खुलाएकाे हाे।

नेपाली मल्टिप्लेक्सहरूमा फिल्मले उत्साहजनक शो पाएको छ। क्यूएफएक्स सिनेमाजले काठमाडौं उपत्यकामा मात्र १५ सो दिएको छ। भने उपत्यकाबाहिर २९ सो गरी ४४ सो पाएको छ।

यस्तै आईएनआई सिनेमाजले तीन हलमा १२ सो, बिएसआर मुभिजले ४ सो, वान सिनेमाजले ८ सो, बिग मुभिजले ३ सो, एफक्यूबले ३ सो दिएकाे छ। उपत्यका बाहिर अन्य  हलमा गरी फिल्मले देशभरमा साढे २ सय साे पाएकाे छ।

फिल्मको पोस्टर सार्वजनिक भएसँगै चर्चा बटुलिरहेको फिल्मको टिजर र ट्रेलरमा कलाकार सौगात मल्लको क्यारेक्टरले वर्षको प्रतिक्षित बन्ला भन्ने आँकलन गरिएको छ।
सौर्य पात्रको भूमिकामा सौगातको प्रेमीदेखि ग्याङस्टर हुँदै मानसिक सन्तुलन गुमाएर सडकमा डुलिरहेको क्यारेक्टरलाई दर्शकले निकै रुचाएका छन्। त्यस्तै कलाकार नाजिर हुसेन, प्रमोद अग्रहरिको चरित्रबाट पनि दर्शकले अपेक्षा गरिरहेका छन्।

निर्देशक चौधरीकै लेखनमा बनेको फिल्ममा सौगात, प्रमोद र नाजिरका अलवा फिल्ममा मलिका महत, निश्चल बस्नेत, रवीन्द्र झा, शिशिर बाङ्देल, विजय बराल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठीलगायत कलाकारको अभिनय छ।

फिल्म संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी छ। फिल्म डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको छ।

प्रकाशित: १६ फागुन २०८० १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 4 =