नाइलनको डोरीले घेरियो सिंहदरबार र संसद् भवन [तस्बिरहरू]

दिपेश श्रेष्ठ १५ फागुन २०८० १७:०१
12
SHARES
नाइलनको डोरीले घेरियो सिंहदरबार र संसद् भवन [तस्बिरहरू]

काठमाडौँ- सुरक्षा चुनौती देखिएको भन्दै संसद् भवन र सिंहदरबार क्षेत्रमा सुरक्षा घेरा बनाइएको छ। प्रशासनले मंगलबार नाइलनको डोरी राखेर सिंहदबार र नयाँ बानेश्वरस्थित संसद् भवन क्षेत्रमा सुरक्षा रेखा बनाएको हो।

फुटपाथमा पनि नाइलनको डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको सूचना टाँसेपछि पैदलयात्री अलमलमा परेका छन्। यद्यपि सिंहदरबार क्षेत्रको फुटपाथमा पैदलयात्री हिँडिरहेका थिए।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सुरक्षा चुनौती थपिएका कारण निषेधित क्षेत्रमा सूचना टाँसिएको बताए। यद्यपि माइतीघरदेखि तीनकुनेसम्म र सिंहदरबार क्षेत्रमा यसअघि नै निषेधित क्षेत्र कायम रहँदै आएको छ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘सुरक्षा थ्रेट आएको छ। त्यसैले निषेधित क्षेत्र तोकिएको हो। केही दिनपछि सहज हुनेछ।’ लघुवित्त पीडितहरू सोमबार संसद् भवन छिरेर नाराबाजी गरेपछि काठमाडौँको सुरक्षा व्यवस्गा फितलो रहेको भनेर आलोचना हुन थालेको छ।

लघुवित्त पीडितहरू संघीय संसद् भवन परिसर प्रवेश गरेको घटनामा एसएसपी दिनेश मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। पीडितहरू सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि पुगेर प्रदर्शन गरेका थिए। उनीहरूले सुरक्षा घेरा तोडेर संघीय संसद भवन परिसर प्रवेश गरेपछि प्रहरीले छानबिन समिति गठन गरेको हो। निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जनालाई नियन्त्रणमा लिएको थियो।

 

प्रकाशित: १५ फागुन २०८० १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =