‘बादल भित्र’ हीर शाही र दिनेश बिष्टको प्रेम

हिमाल प्रेस १५ फागुन २०८० १३:५२
88
SHARES
‘बादल भित्र’ हीर शाही र दिनेश बिष्टको प्रेम

काठमाडौँ– मोडल दिनेश बिष्ट र हीर शाही अभिनीत ‘बादल भित्र’ बोलको गीत सार्वजनिक भएको छ। गीत दिनपारी क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतको भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन्।

गायिका अन्जु पन्त र गायक प्रताप दासको स्वर रहेको गीत प्रेम कथामा आधारित छ। बिष्णु भण्डारीको शब्द रहेको गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन्। भने नरेश विविसीको मिक्सिङ र कुशल सिंहको संगीत संयोजन छ।

पोखरा, ढोरपाटन, बाग्लुङ आसपासका रमणीय दृश्यलाई कैद गरिएको गीतको भिडियो प्रकाश खड्काले खिचेका हुन्। भिडियो कविता टोलङ्गी र अस्मिता शाहीको मेकअप, लक्ष्मण चौहानको सम्पादनमा बनेको छ।

यस्तो छ गीत

प्रकाशित: १५ फागुन २०८० १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =