‘नेरुफ’को तेस्रो संस्करण रामेछापमा हुँदै

हिमाल प्रेस १५ फागुन २०८० ११:५६
18
SHARES
‘नेरुफ’को तेस्रो संस्करण रामेछापमा हुँदै

काठमाडौँ–  नेपाल ग्रामीण सिनेमा महोत्सव (नेरुफ)को तेस्रो संस्करण रामेछापमा हुने भएको छ। आगामी बैशाखमा रामेछाप नगरपालिकामा महोत्सव गर्न लागेको आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए।

ग्रामीण परिवेशमा निर्माण भएका फिल्मलाई ग्रामीण क्षेत्रमा प्रवर्द्धन गर्ने उद्देश्य लिएको महोत्सवको आयोजना गरिएको अध्यक्ष सापकोटाले बताए।

‘ग्रामीण भेगका दर्शकलाई नेपाली फिल्मप्रति आकर्षित गराउनु नै महोत्सवको मुख्य उद्देश्य हो।’ उनले भने ‘फिल्ममार्फत् स्थानीय ठाउँको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न पनि महोत्सवले भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौं।’

महोत्सवको मिति भने सार्वजनिक भएको छैन्। महोत्सवको मिति केही सातापछि घोषणा गरिने सापकोटाले जानकारी दिए। अध्यक्ष सापकोटाका अनुसार महोत्सवमा स्वदेशी फिचर फिल्म, छोटो फिल्म, डकुमेन्ट्री तथा विभिन्न भाषाभाषीका फिल्म सहभागी हुन पाउनेछन्। उक्त फिल्म ग्रामीण कथावस्तुमा निर्माण भएको हुनुपर्ने छ। त्यसका लागि सिनेमा दर्ता पनि खुल्लाइएको छ।

महोत्सवमा जुरी टिमले छनोट गरेका फिल्म प्रदर्शन गर्ने र उत्कृष्ट हुनेलाई अवार्ड समेत प्रदान गरिने जनाइएको छ।

महोत्सवको पहिलो संस्करण गोरखाको लाप्राकमा र दोश्रो संस्करण काभ्रेस्थित भकुन्डेबेसीमा भएको थियो।

प्रकाशित: १५ फागुन २०८० ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =