सूर्यज्योतिद्वारा बिमा दाबी भुक्तानी

हिमाल प्रेस १४ फागुन २०८० २०:३०
16
SHARES
सूर्यज्योतिद्वारा बिमा दाबी भुक्तानी

काठमाडौँ– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाबापत्को दाबी भुक्तानी गरेको छ। राधिका सत्यालका परिवारजनलाई ५ लाखको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ।

सत्यालले २०७७ मंसिर ३० मा छोरा आदित्य सत्यालको नामबाट सुनौलो भविष्य बाल जीवन बीमा योजना लिएकी थिइन्। प्रस्तावक सत्यालले थप बिमांक ५ लाखको म्यादी जीवन बीमा योजनाका साथै घातक रोग विरुद्धको बीमा अतिरिक्त सुविधा लिएको कम्पनीले जनाएको छ।

घाँटीको क्यान्सर पहिचान भएपछि कम्पनीबाट दाबी रकम ५ लाख भुक्तानी गरिएको कम्पनीको भनाइ छ।

उनको हाल मृत्यु भएको हुँदा म्यादी जीवन बीमा बापतको हुन आउने दाबी रकम ५ लाख कम्पनीका तर्फबाट क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्यले परिवारजनलाई चेक मार्फत हस्तान्तरण गरेको कम्पनीले विज्ञप्ति जारी गरेर जनाएको छ।

उनका छोरा आदित्य सत्यालले सुनौलो भविष्य बाल जीवन बीमा योजनाअन्तर्गत मासिक ५ लाखको १ प्रतिशतले हुन आउने रकम मासिक आय सुविधा स्वरुप ५ हजार आगामी ९ वर्षसम्म प्राप्त गर्ने कम्पनीको भनाइ छ।

प्रकाशित: १४ फागुन २०८० २०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 1 =