सुरु भयो इसेवा लाइफ केयर, ५ लाख ३० हजारसम्मको आर्थिक सुरक्षा पाइने

हिमाल प्रेस १४ फागुन २०८० १३:४५
सुरु भयो इसेवा लाइफ केयर, ५ लाख ३० हजारसम्मको आर्थिक सुरक्षा पाइने

काठमाडौँ- नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ। यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई दृष्टिगत गर्दै सार्वजनिक गरिएको इसेवा केयरलाई ग्राहकले अत्यधिक मन पराएपछि अहिले जीवनकै बिमा हुने गरी इसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको हो।

इसेवा लाइफ केयर एक टर्म लाइफ जीवन बिमा प्याकेज हो, जसले ५ लाख ३० हजार सम्मको जीवन बिमाको ग्यारेन्टी गर्ने इसेवाले जनाएको छ।

यो जीवन बिमा योजना सन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्स्सँगको सहकार्यमा सञ्चालन गरिएको हो। यस योजनामा इसेवा केयरमा जस्तै विभिन्न स्वास्थ्यसम्बन्धी सेवाहरूमा अफर तथा छुटसमेत समावेश गरिएको छ। यस योजनामा वार्षिक सात सय रुपैयाँदेखि सुरुवाती मूल्यमा ५ लाख ३० हजार रूपैयाँको लाइफ केयर प्रदान गर्दछ। योजनाले सस्तो मूल्यमा १८ देखि ४५ वर्ष उमेरसम्मको बिमाका साथै अन्य स्वास्थ्य सुविधा प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १४ फागुन २०८० १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =