इन्डो प्यासेफिक कमान्डरले गरे ‘अभ्यास शान्ति प्रयास’को अवलोकन

हिमाल प्रेस १३ फागुन २०८० २०:३२
38
SHARES
इन्डो प्यासेफिक कमान्डरले गरे ‘अभ्यास शान्ति प्रयास’को अवलोकन

काठमाडौँ- वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास-४ को आज (आइतबार) अमेरिकी इन्डो प्यासेफिक कमान्डर एड्माइरल जोन सी. अक्युलिनोले अवलोकन गरेका छन्। अवलोकनका क्रममा अभ्यास सञ्चालनका विषयमा जानकारी गराइएको थियो।

सो अवसरमा अक्युलिनोले अभ्याससँग सम्बन्धित सैद्धान्तिक र व्यवहारिक गतिविधिहरूको अवलोकन तथा सहभागीहरूसँग अन्तर्क्रिया गरे। उनले अभ्यास शान्ति प्रयास-४ को सफल आयोजनाले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा सहभागी हुने फौजको पेसागत दक्षता र आपसी समन्वयात्मक क्षमतामा अभिवृद्धि गराउने बताए। उनी फागुन १२ गते नेपाल आएका हुन्।

प्रकाशित: १३ फागुन २०८० २०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =