चितवन बैंकर्स फुटसलको उपाधि कामना सेवा विकास बैंकलाई

हिमाल प्रेस १३ फागुन २०८० १३:३६
चितवन बैंकर्स फुटसलको उपाधि कामना सेवा विकास बैंकलाई

काठमाडौँ– दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकले जितेको छ। ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ शुक्रबार चितवनमा आयोजित बैंकर्स फुटसल प्रतियोगितामा कामना सेवा विकास बैंक विजयी भएको हो।

प्रतियोगितामा २६ बैंक सहभागी थिए। फाइनलमा कामना सेवा विकास बैंकले ग्लोबल आइएमई बैंकलाई ६-२ ले हराउँदै उपाधी जितेको छ। विजेता टिमलाई ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रकाशित: १३ फागुन २०८० १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =