एमालेले खोज्यो तीन मन्त्रीबारे प्रधानमन्त्रीको जवाफ

हिमाल प्रेस १३ फागुन २०८० ११:२५
6
SHARES
एमालेले खोज्यो तीन मन्त्रीबारे प्रधानमन्त्रीको जवाफ फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले तीन मन्त्रीको बारेमा फेरि प्रधानमन्त्रीको जबाफ माग गरेको छ। आजको प्रतिनिधिसभा बैठकमा तीन मन्त्रीका विषयमा स्पष्ट जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा उपस्थित भएर जबाफ दिन अनुरोध गरेको छ।

एमालेले केही दिनयता स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको राजीनामा माग गरेको छ।

एमाले प्रमुख सचेतक पदम गिरीले गैरजिम्मेवार भएर प्रधानमन्त्री बस्न नमिल्ने भन्दै जवाफ मागेका थिए। गिरीले देशमा पुशमा भयावह रोग भित्रिएको जानकारी गराए थिए। उनले स्वाइन फ्लु र लम्पी स्किनले लाखौ पशु मारिँदा पनि सरकारले ख्याल नगरेको बताएका थिए।

ललितपुरको बालकुमारी घटनामा मन्त्री ज्वालाकै कारण भएको भनेर छानबिन ओयागले सिफारिस गरेपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने एमालेको माग छ।

पुस १३ गते कोरियाली भाषासँग सम्बन्धित विरोध प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले गोली चलाउँदा दुईजनाको ज्यान गएको थियो। घटनाका सम्बन्धमा छानबिन गर्न आयोगले समेत घटना हुनुमा मन्त्री ज्वाला जिम्मेवार रहेकाले उनलाई पदमा बसिरहन दिन एमालेले दबाब दिँदै आएको छ।

तत्कालीन सञ्चारमन्त्री एवम् बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत अर्बौँको घोटाला हुने टेरामिक्स काण्डमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएकाले पदमा बसिरहने अधिकार नरहेको एमालेको माग छ। झन्डा हल्लाएर अख्तियारमा बयान दिएका मन्त्री बस्नेतलाई पदमा बस्ने अधिकार नरहेको एमालेले बताउँदै आएको छ।

यसैगरी रामग्राम क्षेत्रको जग्गा ९९ वर्षसम्म लिजमा दिने विषयमा संसद्को लेखा समितिले छानबिन गर्न अख्तियारलाई निर्देशन दिइसकेकाले किराती पनि पदमा बस्न योग्य नरहेको एमाले नेताहरूको भनाइ छ। मन्त्री किराती अध्यक्ष भएको बोर्ड बैठकले ९९ वर्षका लागि लिजका लागि दिने निर्णय गरेको थियो।

 

 

प्रकाशित: १३ फागुन २०८० ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + one =