विदेशबाट सिटी पठाऔँ, पठाको भन्दा १० गुणा बढी पाऔँ’ को उपहार हस्तान्तरण कार्यक्रम

हिमाल प्रेस १० फागुन २०८० १४:५२
विदेशबाट सिटी पठाऔँ, पठाको भन्दा १० गुणा बढी पाऔँ’ को उपहार हस्तान्तरण कार्यक्रम

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔँ, पठाको भन्दा १० गुणा बढी पाऔँ’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। योजनाअन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिटान्स पठाउने राजु तामाङलाई ५ लाख ३० हजार ७५० रुपैयाँ र कोरियाबाट रेमिटान्स पठाउने सुवास लिम्बुलाई १ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ।

उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदीस्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद र सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्रान्ण्ड एम्बेसडर जितु नेपालको उपस्थिति रहेको कम्पनीले जनाएको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखि मंसिर १५ गतेसम्म चल्ने गरी दसैँ, तिहार र छठलाई लक्षित गर्दै ग्राहक वर्गसँग पर्वको खुसी साट्न ‘विदेशबाट सिटी पठाऔँ, पठाको भन्दा १० गुणा बढी पाऔँ’ उपहार योजना घोषणा गरेको थियो।

योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई जनही १ लाख र हरेक साता ५ जनालाई जनही २५ हजारका साथै ६१ दिन लगातार हरेक दिन १ सयजना विजेतालाई जनही ५०० रुपैयाँको वालेट टपअप र अन्त्यमा एकजना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो।

जसअन्तर्गत ६१ सयजनाले दैनिक उपहार (५०० को वालेट टपअप) , ४५ जनाले साप्ताहिक उपहार ( जनही २५ हजार) र २ जनाले मासिक उपहार (जनही १ लाख) जित्न सफल भइसकेका छन्।

प्रकाशित: १० फागुन २०८० १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fourteen =