कांग्रेसको महासमिति बैठक सुरु हुँदै, को को हुन्छन् सहभागी?

हिमाल प्रेस ७ फागुन २०८० ७:३३
10
SHARES
कांग्रेसको महासमिति बैठक सुरु हुँदै, को को हुन्छन् सहभागी? कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा हुँदैछ। १४ औँ महाधिवेशनमा नेतृत्व मात्रै चयन गरेको कांग्रेसले यसपटकको महासमितिलाई नीति अधिवेशनको रूपमा लिएको छ।

दिउँसो १ बजे महासमितिको बैठकको उद्घाटन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन्। महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, सांगठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन्।

महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले मूल नीतिसम्बन्धी, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन्।

पार्टी प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन महासमितिमा पेश गर्ने जानकारी प्रभार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

को–को सहभागी हुन पाउँछन् ?

महासमितिमा देशभरबाट २१०५ हाराहारी सदस्य सहभागी हुनेछन्।

जसमा १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १७८०, विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ शुभेच्छुक संस्थाबाट ६९, जिल्ला सभापति ४६ गरी २ हजार बढी सहभागी हुनेछन्।

भातृ शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षलाई आमन्त्रित सदस्यको रूपमा प्रवेश दिइएको विश्कर्माले बताए ।

प्रकाशित: ७ फागुन २०८० ७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + ten =