त्रिविको उपकुलपतिमा बुढाथोकी, बराल र धमलाको नाम सिफारिस

हिमाल प्रेस ६ फागुन २०८० २१:३२
866
SHARES
त्रिविको उपकुलपतिमा बुढाथोकी, बराल र धमलाको नाम सिफारिस प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. केशरजंग बराल र प्रा.डा. टेकनाथ धमला। (बायाँबाट क्रमश:)

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ। सिफारिस हुनेमा प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. केशरजंग बराल र प्रा.डा. टेकनाथ धमला रहेका छन्।

उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले आइतबार विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सिफारिस गरेको हो। सिफारिस हुने तीनै जना माओवादी निकट मानिन्छन्।

बुढाथोकी त्रिवि शिक्षा शास्त्र संकायका डिन हुन, बराल पाेखरा विश्वविद्यालयका पूर्वउपकुलपति र धमला त्रिवि गणित केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख हुन्।

यसपालि खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न लागिएको हो। उपकुलपति माग गर्दै दुई पटक विज्ञापन गरिएको थियो।

उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि गत कात्तिक १६ गतेदेखि सकिएको थियो। हाल त्रिविको निमित्त उपकुलपतिमा प्रा.डा. शिवलाल भुसाल छन्।

अब विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री प्रचण्डले सिफारिस तीन जनामध्येबाट एक जनालाई विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नेछन्।

प्रकाशित: ६ फागुन २०८० २१:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =