यस्तो बन्यो ‘अगस्त्य’को ट्रेलर

हिमाल प्रेस ३ फागुन २०८० १७:११
8
SHARES
यस्तो बन्यो ‘अगस्त्य’को ट्रेलर

काठमाडौँ- फिल्म ‘अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ। करिब तीन मिनेटको ट्रेलरमा प्रेम र बदलाको कथा देख्न सकिन्छ।

फिल्ममा अभिनेता सौगात मल्लको बहुरुप देख्न सकिन्छ। यसअघि सार्वजनिक पोस्टर र टिजरमा उनी प्रेमीदेखि ग्याङस्टर हुँदै मानसिक सन्तुलन गुमाएर सडकमा डुलिरहेको क्यारेक्टरलाई दर्शकले निकै रुचाएका थिए। फिल्ममा मलिका महत सौगातकी प्रेमिका बनेकी छन्।

सौगात र मलिकासहित फिल्ममा निश्चल बस्नेत, प्रमोद अग्रहरि, रवीन्द्र झा, शिशिर बाङ्देल, विजय बराल, नाजिर हुसेन, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठीलगायत कलाकारको अभिनय छ।

फागुन १८ देखि प्रदर्शन हुने फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरी हुन्। फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलको लगानी छ। फिल्मको कार्यकारी निर्मातामा विश्व गौचन र अभिषेक चौधरी छन्।

फिल्म डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको छ।

यस्तो छ ट्रेलर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =