‘गोर्खा वारियर’ हाम्रै पूर्खाको कथा होः निर्देशक मिलन चाम्स

हिमाल प्रेस ३ फागुन २०८० १६:४५
20
SHARES
‘गोर्खा वारियर’ हाम्रै पूर्खाको कथा होः निर्देशक मिलन चाम्स

काठमाडौँ- ‘गोर्खा वारियर’ हाम्रै पूर्खाको कथा रहेको फिल्मका निर्देशक मिलन चाम्सले बताएका छन्। अनामनगरस्थित सिलौटो क्याफेमा बिहीबार भएको पत्रकार सम्मेलनमा निर्देशक चाम्सले यस्तो बताएका हुन्।

फिल्ममा अन्तर्राष्ट्रिय रुपमा गोर्खालीलाई कसरी चिन्ने भन्ने बारेमा रहेको उनले उल्लेख गरे। ‘गोर्खालीलाई गोली थाप्ने र ठोक्ने कामले मात्र चिनियो।’ उनले भने, ‘फिल्ममा उनीहरुले कसरी लडाइँ गरे भन्ने देखाइएको छ।’ गोर्खालीको इतिहास बुझ्नको लागि फिल्म महत्वपूर्ण रहेको उनको दावी छ।  उनका अनुसार फिल्मले बिदेशिने नेपालीको बाध्यताको कथा पनि समेटिएको छ।

पत्रकार सम्मेलनमा क्याप्टेन रितेश चाम्स, रियर राई, सुरज तमूलगायत थुप्रै पत्रकारहरुको उपस्थिति थियाे।

कलाकार रितेशले आफू फिल्ममा सिपाहीको भूमिका निभाएको बताए। परिवार छोडेर विदेश जाने नेपालीकाे पहिले देखिको चलन रहेको बताउँदै उनले पूर्खाले नेपाली भनेर चिनाउन गरेको संघर्षलाई फिल्मले समेटेको बताए। साथै उनले आजभन्दा ७०÷८० वर्ष अघि पुगेर अभिनय गर्न डर साथै नौलो लागेको अनुभव सुनाए।

कलाकार रियर राईले पिताले भोगेको दुःखलाई यो फिल्मबाट आफूले केही महसुस गर्ने मौका मिलेको सुनाए। एक छाक टार्नको लागि महिनौ हिँडेर नुन ल्याउनुपर्ने, त्यो पूर्खाको कहालीलाग्दो इतिहास फिल्ममा रहेको उनले सुनाए।

सुटिङको केही हिस्सा सुनाउँदै कलाकार राईले आफुले नौ महिना न नुहाई बसेको र दात पनि नमाझेको पनि बताए। पहिलेको समयमा जान निकै कठिन भएको भन्दै  बारियर बन्न भित्रैदेखिको जुजुन चाहिने उनको बुझाई छ।

त्यस्तै अर्का कलाकार सुरज तमूले फिल्म सुटिङ गर्दाको रमाइलो अनुभव सुनाए।

फागुन ११ गते प्रदर्शन हुने फिल्ममा मलायाको जंगलमा आतंकवादीसँग गोर्खा सैनिकले लडेको लडाइँलाई देखाइएको छ। फिल्म गोर्खा सैनिकले सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा आधारित छ।

फिल्ममा रितेश, रियर र सुरजसहित क्याप्टेन विजय लामा, शिशिर वाङ्देल, रेविका गुरुङ, सारा राई, कविता आले, बिरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राईलगायत कलाकारको अभिनय छ।

निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको फिल्म सुदीप बरालले छायांकन गरेका छन्।हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादनमा बनेको फिल्मका निर्माता सुमन राई र सुस्मिता वाइबा हुन्।

फिल्मका कार्यकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे छन्। भने सह-निर्माता सुरेश राई हुन्।

फिल्म चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण भएको छ। गत भदौमा लण्डनस्थित ‘आइम्याक्स सिनेवल्ड’मा प्रिमियर गरिएको थियो।

‘गोर्खा वारियर’ सन् २०२४ को ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा फिल्म)मा प्रवेश पाउने पहिलो नेपाली फिल्म हो।

प्रकाशित: ३ फागुन २०८० १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =