नेपालको कमजोर लक्ष्य, नामिबियासँग १३२ रनमै अलआउट

हिमाल प्रेस ३ फागुन २०८० १२:४७
12
SHARES
नेपालको कमजोर लक्ष्य, नामिबियासँग १३२ रनमै अलआउट

काठमाडौँ-  नेपालले आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा कमजोर लक्ष्य प्रस्तुत गरेको छ। नामिबियालाई नेपाल १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ३२ रन मात्र बनायो। नेपालका लागि सर्वाधिक भीम सार्की ४४ रन बनाउँदा कुशल मल्ल २२, गुल्सन झा २१ र करण केसी १६ रन मा समेटिए।

ओपनर कुशल भुर्तेल पहिलो ओभरको पहिलो बलमै आउट हुँदा अर्का ओपनर अनिल शाह ८ रनमा बाहिरिएका थिए। कप्तान रोहित पौडेल १ रनमा समेटिदा सोमपाल कामी २ रनमा आउट भए। पवन सर्राफले १२ रन बनाउँदा ११ विकेटका रूपमा मैदान छिरेका ललितनारायण राजवंशी खाता नखोली बाहिरिए।

टस जितेर बलिङ गरेको नामिबियाका लागि भने जेहार्ड इरास्मसले एक्लै ५ विकेट लिएका थिए।

रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २–२ तथा निकोल लोफ्टि–इटनले १ विकेट लिए। खेलको दोस्रो इनिङ्स केही समयमा सुरु हुनेछ।

प्रकाशित: ३ फागुन २०८० १२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =