कामना बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौता

हिमाल प्रेस २ फागुन २०८० १९:२२
22
SHARES
कामना बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौता

काठमाडौँ- कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचलबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानतसम्बन्धी कागजात प्रमाणीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

यो सम्झौता पश्चात सरकारी निकायहरूबाट सार्वजनिक खरिदको लागि आह्वान गरिने बोलपत्र बापतको बैंक जमानत कामना सेवा विकास बैंकबाट लिई अनलाइनमार्फत सम्बन्धित निकायमा पेस गर्न सक्नेछन्।

बैंकका ग्राहकहरुले बैंक जमानत लिई सोसँग सम्बन्धित कागजातहरू अनलाइन माध्ययद्वारा पेस गरेपश्चात बैंकले उक्त कागजातहरू प्रमाणीकरण गर्नेछ। उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र सार्वजनिक खरिद अनुगमन कार्यालयका तर्फबाट कार्यालयका सहसचिव विष्णुप्रसाद शर्माले हस्ताक्षर गरेका छन्।

यो सम्झौताले बैंकका ग्राहकहरूलाई सरकारी बोलपत्रमा सहभागी हुन र बैंक जमानत लिन थप सहज भई बैंकको व्यवसायमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटीएम बुथमार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: २ फागुन २०८० १९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =