अब नेपालमा पनि हेटिचको एप्लिकेसन सेन्टर

हिमाल प्रेस २ फागुन २०८० १९:१५
16
SHARES
अब नेपालमा पनि हेटिचको एप्लिकेसन सेन्टर

काठमाडौँ- हेटिचले ललितपुरमा आधिकारिकरूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको छ।

तीन हजार स्क्वायर फिटभन्दा बढी क्षेत्रफलमा फैलिएको एप्लिकेसन सेन्टरले ग्राहकलाई हेटिचको अत्याधुनिक फर्निचर फिटिङ तथा हार्डवेयरको प्रयोग गरी घर तथा अफिसका स्पेसमा मनमोहक टच–एन्ड–फिल प्रदान गर्ने कम्पनीले दाबी गरेको छ।

सेन्टरमा ग्राहकहरुका लागि आफ्नो घर तथा अफिसका लागि निःशुल्क व्यावसायिक डिजाइन सेवा पनि प्रदान गर्ने भएको छ।

उद्घाटनको बारेमा बोल्दै हेटिच इन्डिया, मध्य पूर्व, अफ्रिका र सार्कका प्रबन्ध निर्देशक आन्द्रे इकहोल्टले हेटिचले एप्लिकेसन सेन्टरहरूको अवधारणामा उद्योग अग्रगामी भएर उपभोक्ताहरूलाई आफ्नो वासस्थानको फर्निसिङ अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सफल भएको बताए।

‘हेटिचको लागि नेपाली बजार निरन्तर रूपमा महत्त्वपूर्ण रहेको छ र यहाँ हामीले यसको वृद्धिको ठूलो सम्भावना देखेका छौँ,’ उनले भने।

हेटिच १३५ वर्ष पुरानो जर्मन जीवनशैलीको ब्रान्ड हो। १.५ बिलियन यूरो भन्दा बढीको विश्वव्यापी कारोबार रहेको यो फर्निचर फिटिङ्सको विश्वको सबैभन्दा ठूलो निर्माता भएको कम्पनीको दाबी छ।

अत्याधुनिक फर्नीचर प्रविधि सिर्जना गर्ने चुनौतीको सामना गर्दै लगभग ८० देशहरूमा अवस्थित यस कम्पनीमा ८ हजार भन्दा बढी कामदारहरू आबद्ध रहेको कम्पनीले जनाएको छ।

‘नेपालमा सन् २००८ मा आफ्नो व्यवसाय सञ्चालन सुरु गरेको हेटिच केही समय यता बजारकै अग्रणी बन्न सफल भएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हेटिचको उत्पादन पोर्टफोलियोमा अत्याधुनिक जर्मन गुणस्तरबाट निर्मित फर्निचर फिटिङ तथा हार्डवेयरको एक भण्डार समावेश छ, जसले सबै आवासीय र व्यावसायिक स्थानहरूको लागि समग्र फिटिंग समाधान प्रदान गर्दछ।’।

कार्यक्रममा प्रमुख अतिथि सोसाइटी अफ नेपालिज आर्किटेक्ट (सोना) का अध्यक्ष ईश्वरलाल जोशी, हेटिच इन्डियाका वरिष्ठ व्यवस्थापन, व्यवसायिक सहयोगीहरू, वास्तुकला तथा डिजाइनका प्रतिष्ठित सदस्यहरूलगायत उपस्थित थिए।

प्रकाशित: २ फागुन २०८० १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =