माछापुच्छ्रे बैंकद्वारा कन्या क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण

हिमाल प्रेस १ फागुन २०८० १६:१५
माछापुच्छ्रे बैंकद्वारा कन्या क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण

काठमाडौँ- माछापुच्छ्रे बैंक लिले काठमाडौँको डिल्लीबजारस्थित डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ।

क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले क्याम्पसको व्यवस्थापन समितिलाई उक्त प्रोजेक्टर हस्तान्तरण गरेका हुन्।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राको पढाइ र सिकाइ क्षमता अभिवृद्धि गरी गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि मल्टिमिडिया प्रोजेक्टर क्याम्पसलाई प्रदान गरिएको जनाएको छ।

प्रकाशित: १ फागुन २०८० १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =