काठमाडौँ- क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदान टस हारेर ब्याटिङ गरेको क्यानडा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रनमा समेटियो।
क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवाल ५० रन र अर्का ओपनर आरोन जोनसन ७ रन प्रहार गरे।
निकोलास किर्टन ३ रन, हर्ष थाकेर २९ रन, विकेटकिपर श्रेयस मोभ्भा २५ रनमा समेटिए।
निखिल दत्ताले अर्धशतक नजिक ४५ रन जोड्दा कप्तान शाद बीन जाफरले ३१ रनको योगदान दिए।
नेपालका लागि आजै खेलमा डेब्यु गरेका हेमन्त धामीले ३ विकेट लिँदा कुशल मल्लले २ विकेट लिए। ललित राजवंशी र आकाश चन्दले १-१ विकेट लिए।
यो क्यानडा र नेपालको श्रृंखलाकै अन्तिम खेल हो। यसअघिका २ खेल नेपालले जितिसकेको छ।
अब केही बेरमै दोस्रो इनिङ्सको खेल सुरु हुनेछ।
प्रकाशित: २९ माघ २०८० १३:०२ | Monday, February 12, 2024
प्रतिक्रिया





