कामदार लैजाने २१ देशसँग उच्च तलबको माग

हिमाल प्रेस २८ माघ २०८० ११:१४
14
SHARES
कामदार लैजाने २१ देशसँग उच्च तलबको माग यूएईको आबुधाबी डायलगमा श्रमिक र श्रमिकको पारिश्रमिकका विषयमा छलफलका लागि बैठक बसेका प्रतिनिधिहरू। तस्बिर : श्रम तथा रोजगार मन्त्रालय सचिवालय

काठमाडौँ- नेपालले आबुधाबी डायलगमा वैदेशिक रोजगारीमा जाने कामदारको निश्चित तलब प्रस्ताव गर्ने भएको छ। अन्तरार्ष्ट्रिय श्रमिक संगठनको मापदण्डअनुसार वैदेशिक रोजगारीमा जाने कामदारले तलब पाउनुपर्ने नेपालले डायलगमा प्रस्तावसहितको प्रतिवेदन पेस गर्ने भएको छ।

यूएईको अबुधाबीमा शनिबारदेखि सुरु भएको डायलगमा कामदार पठाउने र लिने २१ देशका श्रममन्त्री र उच्च सरकारी अधिकारीहरूको सहभागिता छ।

न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव राखेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको आबुधाबी डायलगअन्तर्गत उच्च श्रम अधिकारीहरुको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले उक्त प्रस्ताव राखेका हुन्।

शनिबार नेपालको तर्फबाट दृष्टिकोण राखेका श्रम मन्त्रालयका सहसचिव पोखरेलले रोजगारदाता देशहरूले कामदारको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव गरेका छन्। पोखरेलले श्रमिक पठाउने र लिने देशबीच आबुधाबी डायलगमा छलफल भइरहेको छ। रोजगारदाता देशसँग भइरहेको उनले बताए।

उनका अनुसार गन्तव्य देशहरुले न्यायोचित भर्ना, कार्यस्थलमा कामदारको स्वास्थ्य सुरक्षाको सुनिश्चितता र एकै प्रकृतिको करारपत्रलाई कार्यान्वयनमा ल्याउनुपर्ने नेपालले रोजगारदातासँग माग राखेको छ।

‘श्रमिकको तलब तथा अन्य सुरक्षा, रेमिट्यान्सको आप्रवाह तथा प्रयोग, सीपयुक्त जनशक्ति उत्पादनमा साझेदारी र न्यायोचित भर्नाको अभ्यासमाथि छलफल हुँदैन।’ उनले भने।

अबुधाबी डायलगअन्तर्गतआज मन्त्रीस्तरीय बैठक हुँदैछ। उक्त बैठकमा खाडी देशका अन्तर्गत यूएई, साउदी, कुवेत, बहराइन, ओमान र कतारमा नेपाली कामदार जाने गरेको भएपनि कतारले मात्रै कामदारको न्यूनतम तलब निर्धारण गरेको छ।

यीभन्दा बाहेकका देशसँग भने अहिलेसम्म सरकारले तलबको निर्धारण गरेको छैन।

बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा ५ सदस्यीय टोली शुक्रबार यूएई पुगेका छन्।

प्रकाशित: २८ माघ २०८० ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =