एसीसी वुमन्स प्रिमियर कप : दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धामा उत्रियो नेपाल

हिमाल प्रेस २८ माघ २०८० ८:०५
12
SHARES
एसीसी वुमन्स प्रिमियर कप : दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धामा उत्रियो नेपाल

काठमाडौँ- एसीसी वुमन्स प्रिमियर कपको दोस्रो खेलमा नेपाल भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ।

नेपाली टोलीकी कप्तान इन्दु वर्माले टस जितेर बलिङ रोजेकी छन्। अहिले १० ओभरको खेल सकिँदा भुटानले १ विकेट गुमाएर २९ रन बनाएको छ।

यो नेपालको दोस्रो खेल हो। नेपालले पहिलो खेलमा शनिबार हङकङलाई ८ विकेटले पराजित गर्‍यो।

हङकङले प्रस्तुत गरेको ९४ रनको लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर १४ दशमलव १ ओभरमा पूरा गरेको थियो।

 

प्रकाशित: २८ माघ २०८० ८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 9 =