राष्ट्रपतिद्वारा क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त

हिमाल प्रेस २६ माघ २०८० १८:०४
12
SHARES
राष्ट्रपतिद्वारा क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेल र शनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार पौडेल क्यानडाका लागि आवासीय नेपाली राजदूत नियुक्त भएका छन्। यस्तै नेपाल गणतन्त्र पोर्चुगलका लागि राजदूत नियुक्त भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

मन्त्रिपरिषद्को सिफारिसअनुसार यसअघि नै उनीहरूको संसदीय प्रक्रिया पुरा भइसकेको थियो।

प्रकाशित: २६ माघ २०८० १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 6 =