भ्रष्टाचारी ठहर इन्जिनियरलाई २० हजार जरिवाना, एक महिना कैद

हिमाल प्रेस २६ माघ २०८० १७:०६
20
SHARES
भ्रष्टाचारी ठहर इन्जिनियरलाई २० हजार जरिवाना, एक महिना कैद

काठमाडौँ- भ्रष्टाचार मुद्दामा सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशहरू डा. खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार मेहतालाई दोषी ठहर गरेको हो।

अदालतले मेहतालाई २० हजार रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाएको छ। मेहताविरुद्ध अख्तियार दुरुपयोग अनसुन्धान आयोगले घरको नक्सा पास गर्न २० हजार रुपैयाँ घुस लिएको दाबीसहित मुद्दा दायर गरेको थियो।

प्रकाशित: २६ माघ २०८० १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =