लुम्बिनी आँखा अस्पताललाई लुम्बिनी विकास बैंकका सहयोग रकम हस्तान्तरण

हिमाल प्रेस २५ माघ २०८० १७:१९
लुम्बिनी आँखा अस्पताललाई लुम्बिनी विकास बैंकका सहयोग रकम हस्तान्तरण

काठमाडौँ- लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत लुम्बिनी प्रदेशको रुपन्देही बुटवलमा अवस्थित लुम्बिनी आँखा अस्पताललाई ‘माइक्रो कन्ट्रोलर बेस अटो केल्भ होरिजेन्टल मेडिकल उपकरण’ खरिद गर्न १७ लाख ३६ हजार सहयोग हस्तान्तरण गरेको छ।

बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराईले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागरप्रताप राणालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। अध्यक्ष भट्टराईले अस्पतालमा आउने आँखाका बिरामीहरुलाई प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने हुनाले उक्त उपकरण खरिद गर्न सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए।

कार्यक्रममा बैंकका कार्यकारी अधिकृत नरेशसिंह बोहरा, मुख्य प्रबन्धक दीपक खनाल, शाखा प्रमुखलगायत अस्पतालको तर्फबाट पनि विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: २५ माघ २०८० १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =